काठमाडौं । कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डको व्यवहारप्रति भएका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले बोर्डसँग असन्तुष्टि पोखेका हुन् ।

आफ्नो चलचित्रको कमाइबारे गलत रिपोर्ट दिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले भनेको छन्, ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ ।’

उनले अध्यक्ष भुवन केसीप्रति लक्षित गर्दै पछिल्लो समय चलचित्र क्षेत्रमा लफडै लफडा भएको टिप्पणी गरेका छन् ।

‘यो अध्यक्ष आए पछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ उनले थप भनेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय