काठमाडौं, चैत २९ गते । उपनिर्वाचनको पर्यवेक्षण गर्न छ वटा संस्थाले अनुमति पाएको छ । निर्वाचन आयोगले बुधबार निर्वाचन पर्यवेक्षणका लागि अनुमति दिएको हे ।

आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले चैत २८ गते मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।

आगामी वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।

प्रवक्ता पौडेलका अनुसार उपनिर्वाचनका लागि निर्वाचन पर्यवेक्षण प्रयोजनका लागि सात वटा निवेदन पेश भएका मध्ये छ वटा संस्थाले मात्र पर्यवेक्षण गर्न अनुमति दिने निर्णय बैठकले गरेको हो ।

निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थाहरूमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ, नेपाल, पूर्व न्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल रहेका छन् ।

ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिस भइ आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय