काठमाडौं ।
सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई(हर्क साङपाङ)ले श्रमदानको लागि आमन्त्रण गर्दे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र पठाएका छन । मंगलबार सामाजिक सञ्जालमा प्रधानमन्त्री र राष्ट्रपतिलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको बताए ।
‘दशकौं पहिलेदेखि खानेपानीको समस्या भोग्दै आएको यथार्थ अनुरोध गर्दै हाल खानेपानीको समस्या र आपूर्तिको अवस्था र समस्या समाधानका लागि चलिरहेको श्रमदान अभियानको स्थलगत अवलोकन र सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछु,’ पत्रमा भनिएको छ ।




