काठमाडौं ।
सत्ता गठबन्धनको महत्वपूर्ण दल नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद्ले उपनिर्वाचनअघि पूर्णता नपाउने सम्भावना बढेको छ ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले उपनिर्वाचनअघि मन्त्रीपरिषद्ले पूर्णता पाउने सम्भावना निकै कम रहेको बताउँदै भने– ‘कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रीको नाम नपठाएका कारण मन्त्रीमण्डलले पूर्णता पाएको छैन । अब आगामी वैशाख १० गतेको उपचुनावपछि मात्रै मन्त्रिपरिषद्को पूर्णता पाउने देखिएको छ ।’

उहाँले उपनिर्वाचनका कारण प्रधानमन्त्रीले यस विषयमा पर्याप्त छलफल गर्न नपाएको टिप्पणी गर्दै भन्नुभयो– ‘अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु वा अमरेशकुमार जीमध्येबाट मन्त्री बनाउने कुरा छ ।’ कांग्रेसले आफ्नो भागमा परेको ८ मन्त्रालयमध्ये गत चैत्र १७ मा चार वटामा मात्रै मन्त्रीमात्रै पठाएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौंपटक गरेको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको तर्फबाट ८ मन्त्रीलाई नै शपथ खुवाउने तयारीमा थिए । तर, आन्तरिक लफडा चर्किएपछि उक्त निर्णयबाट पछि हट्दै उनले चार जना मन्त्रीको नाम मात्रै पठाएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय