राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन तथा आचरण कमिटीले सांसद ढाकाराम श्रेष्ठसँग अडिओ प्रकरणबारे बयान लिएको छ।

बयानका क्रममा सांसद श्रेष्ठले रास्वपाबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग २ करोड मागेको अडिओ आफ्नो नभएको दाबी गरेका छन्।

रास्वपाबाट सांसद रहेका श्रेष्ठले मेडिकल व्यवसाथी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ आइतबार सार्वजनिक भएको थियो।

प्रसाईंसँगको अडिओ एडिट गरिएको श्रेष्ठले दाबी गरेका छन्।

सांसद श्रेष्ठसँग सोधपुछ गरिएको र यसको रिपोर्ट पार्टीलाई बुझाउने अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले सेतोपाटीलाई बताए।

‘हामीले उहाँको स्पष्टीकरण र बयानको आधारमा रिपोर्ट तयार पारेका छौं। यसबारेमा केन्द्रीय कमिटीले थप निर्णय लिन्छ,’उनले भने,’उहाँले आफ्नो अडिओ एडिट गरिएको दाबी गर्नुभएको छ। अहिलेलाई यति मात्रै भनौं।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय