काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको धारणा अराजक रहेको सरकारले ठहर गरेको छ ।

मन्त्रिपरिषद्को बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनमा संघीय सरकारका विषयमा सामाजिक सञ्जालमा राखेको धारणा अराजक रहेको सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने भनेर जे जसरी उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,” उनले भनिन्, “त्यो अराजकता हो भन्ने विषयमा हामीले गम्भीररुपमा छलफल गरेका छौँ । त्यसैगरी उहाँको ध्यानाकर्षण गराउने कुरा पनि भएको छ ।”

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय