काठमाडौं । साताको तेस्रो दिन मङ्गलवार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुन भने प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मङ्गलवार चाँदी प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय