काठमाण्डौ
चोरी तथा डाँका सम्बन्धी कसूरमा ४ जना व्यक्तिहरु पक्राउ परेका छन्। प्रहरीले उ उनीहरुलाई बिहिबार काठमाण्डौको बिभिन्न स्थानहरु बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेका १९ वर्षीय राज तामाङ, दोलखाका १९ वर्षीय सुजन बुढाथोकी, रौतहटका २० वर्षिय अजय कुमार र पर्साका १९ वर्षीय जलि आलम मियाँ रहेका छन्। प्रहरी प्रभाग कोटेश्वरबाट प्रहरी निरीक्षक विनोद सुवेदीको कमाण्डमा खटिएको प्रहरी अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो। मोटरसाईकलहरु चोरी गरी विक्री वितरण समेतको कारोबार मा संलग्न व्यक्तिहरुलाई आसपसका जिल्लाहरु समेतबाट दशीसहित पक्राउ गरी ल्याइएको छ।
चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धान भईरहेको प्रहरीले jaankaari दिएको छ।
बरामद दशी प्रमाण:
1. ईन्जिन नं DKYCKD68497, च्यासिस नं MD2A13EY9KCD85168 रहेको प्रदेश ३-०२ – ०११ प ८०९० नं लेखेको २२० सि.सि.को रातो कालो रङ्गको पल्सर मोटरसाईकल थान -१ ।
2. ईन्जिन नं.ZS177MM8K500428, च्यासिस नं LSSLFNC27K0000080 रहेको प्रदेश ३-०२ -००९ प ५२०० नं लेखेको रातो कालो क्रस फायर मोटरसाईकल थान –१ ।
3. ईन्जिन नं 300CM265MN, च्यासिस नं Z13NP10015MBC71129 रहेको बागमती प्रदेश ०२-०२५ प ५२६ नं को रातो कालो बेनाली मोटरसाईकल थान – १ ।
4. ईन्जिन नं.DKXCLJ10477, च्यासिस नं.MD2A13EX6LCJ89095रहेको प्रदेश ३- ०२- ०१५ प ४९४९ नं. लेखेको २२२० सि.सि.को कालो रङ्गको पल्सर मोटरसाईकल थान -१ ।
5. ईन्जिन नं.DKXCLJ09181, च्यासिस नं.MD2A13EX4LCJ88513रहेको बागमती प्रदेश – ०२- ०२२ प ३९२९ नं. लेखेको २२० सि.सि.को कालो रङ्गको पल्सर मोटरसाईकल थान -१ ।
6. ईन्जिन नं. DKZCGA98799, च्यासिस नं. MD2A13EZDWCA29501 रहेको बा ७५ प १७८० नं लेखेको २२० सि.सि. को रातो कालो रंगको पल्सर मोटरसाईकल थान – १ ।
7. ईन्जिन नं JLXCLF22032, च्यासिस नं MD2A36FX4LCF92649 रहेको नम्बर प्लेट नभएको २०० सि.सि. को कालो रंगको NS पल्सर मोटरसाईकल थान – १ ।
8. ईन्जिन नं.DKYCLL67813, च्यासिस नं. MD2A13EY1LCL81596 रहेको बागमती प्रदेश ०३-००२ प ३२४७ लेखेको २२० सि.सि.को रातो कालो रङ्गको पल्सर मोटरसाईकल थान -१ ।।


