काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहँदा उपत्यकामा आईसीयू र भेन्टिलेटरमा रहने बिरामी पनि बढेका छन् ।

आइतबार ५५ जना संक्रमित थपिएका छन् । जसमा ६७१ पीसीआर परीक्षणबाट ५० संक्रमित थपिएका छन् । त्यसतै ५४५ एन्टिजेन परीक्षणबाट ५ संक्रमित थपिएका छन् ।

योसँगै पीसीआर परीक्षणका सक्रिय संक्रमित बढेर ३९६ पुगेका छन् । उपत्यकामा १३ जना संस्थागत आइसोलेसनमा, ७ जना आईसीयूमा र ४ जना भेन्टिलेटरमा रहेका छन् ।

आइतबार २७ हजार ९७६ जनाले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि बुस्टर डोज लगाउन आग्रह गर्दै आएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय