स्थानीय पारस भण्डारीका अनुसार माधवनारायण नगरपालिकाको वडा नम्बर ४ विसुनपुर्वा मानपुरमा आइतबार दिउँसो करिब साढे एक बजेतिर आगलागी शुरु भएको थियो । उनका अनुसार दिउँसो हावा चलेकाले आगो चाँडै फैलिएको र समयमा दकमल नआउँदा ठुलो क्षति भएको हो ।

गौर र चन्द्रपुर नगरपालिकाको दमकल आगलागी स्थलमा पुगेर आगलागी नियन्त्रणमा लिएको उनले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिन ठुलो प्रयास गरेका थिए । आगलागीको कारण कुनै मानविय क्षतिभने नभएको र भौतिक क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहटमा वर्षेनी आगलागीबाट ठुलो क्षति भएपनि १८ वटा पालिकाहरु मध्यै गौर र चन्द्रपुरमा मात्र दमकल रहेको छ ।
जनप्रतिनिधिहरु आफुले चढ्ने सवारी खरिद गर्न लाखौं खर्च गरेपनि दमकल किन्न कुनै चासो नदेखाएको भन्दै स्थानियद्धारा आलोचित बन्ने गरेका छन् ।





