दमौली ।
नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताउनुभयो । रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराई नागरिकता लिनु पर्छ भन्ने थाहा नहुनेले देश चलाउन नसक्ने बताउनु भएको हो ।
नागरिकता त्यागि सकेपछि फेरी लिनु पर्छ भन्ने हेक्का नराख्नेले देश चलाउने सामर्थ राख्दैनन् भट्टराईले भन्नुभयो । विचार, सिद्धान्त र निष्ठा नभएका व्यक्तिहरु भोट माग्न आउन सक्ने हुँदा सर्तक हुनु पर्ने भट्टराईले बताउनुभयो । क्षमता हिन युवाले देश चलाउँदा कतिपय देश टुक्रिएको र आन्तरिक द्धन्द्धमा फसेकोले सक्षम नेतालाई भोट दिनु पर्ने भट्टराईको भनाई रहेको थियो । मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको पाएकोले खुसी लागेको भट्टराईले बताउनुभयो । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले आफूलाई चाहेको पाएको भट्टराईले बताउनुभयो ।पार्टीको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्ष, नेपाल तरुण दलको महासचिव भएर काम गरिसकेकोले विद्यार्थी र युवाको समस्याको बारेमा जानकारी भएकोले युवा र विद्यार्थीको माग पुरा गर्न सक्ने उहाँले बताउनुभयो । आफ्नो प्रतिस्पर्धीहरु जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका भएका हुँदा जीत निश्चित भएको नेता भट्टराईले दाबी थियो । उम्मेदवार भट्टराई आदिकविको जन्मस्थल चुँदीरम्घालाई साहित्कि धाम बनाएर पर्यटको आर्कषणको केन्द्र बनाउने बताउनुभयो । नेता भट्टराईले भानु नगरपालिकाको विभिन्न वडाहरुमा मतदातालाई भेट गर्नु भएको थियो । नेपाली कांग्रेसका नेता लक्ष्मी आचार्यले अहिले सम्म कुनै पद नपाएर पनि दुःख गरेर विकास गरिहेकोले मतदाताले गोविन्द भट्टराईलाई भोट हाल्नु पर्ने बताउनुभयो । नेपाली कांग्रेस महासमितिको सदस्य चिनु पोख्रेलले वषौं गोविन्द भट्टराईको विकासको लागि दिएको योगदान, पार्टी सङ्गठन निर्माण, सूशासन तथा जनताको अधिकारको लागि गरेको आन्दोलनको बारेमा जनता समक्ष प्रचार गरी भोट माग्न सबैजना लाग्नु पर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र भानुका इन्चार्ज सिताराम अधिकारीले गठबन्धनको भोटले गर्दा नै मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएकोले वैशाख १० मा पनि जीत सुनिश्चित भएको दाबी गर्नुभयो । नेता भट्टराई गोविन्द भट्टराईले विकास निर्माणको लागि धेरै योगदान दिएको व्यक्ति भएकोले जीत सहज भएको बताउनुभयो । सरकारको स्थायित्व र विकासको लागि गठबन्धनले जित्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रम नेपाली कांग्रेस तनहुँका सचिव सहदेव अधिकारी लगायतका नेताहरुले निष्ठावान, त्यागी, विकास प्रेमी नेता भएकोले गोविन्द भट्टराई जिताउन जरुरी रहेको कुरामा जोड दिनु भएको थियो । आगामी वैशाख १० गते हुने उप निर्वाचनमा मुख्य राजनैतिक दलका उम्मेदवारहरुले सम्पर्क कायाृलय खोल्ने, जनताको घर दैलोमा पुग्ने, सभा समारोह लगायतका कार्यक्रमहरु गर्ने कार्यलाई तिब्रता दिएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई विजयी गराउन गठबन्धनमा सहभागी नेताहरु तथा नेपाली कांग्रेस सिंगो पार्टी लागिपरेको छ ।यसै प्रसङगमा नेपाली कांग्रेस वडा नं १ ले व्यास १ भादगाउँमा वडा सम्पर्क कार्यालय शनिवारबाट सञ्चालनमा ल्याएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं संविधानसभाका सदस्य रामचन्द्र पोख्रेलले तनहुँको क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सन्तनेता गोविन्द भट्टराईलाई जिताउनुको कुनै विकल्प नरहेको बताए । नेका महासमिति सदस्य एवं पूर्वमन्त्री दोवाटे विकले तनहुँको माटोमा जन्मेको हुर्केको विकास प्रेमी नेता गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गर्नुभयो । नेपाली कांग्रेसका जिल्ला सदस्य डम्बर बहादुर अधिकारी, सिर्जना तिवारी लगायतले भट्टराईलाई जिताउन आग्रह गरे भने वाइसियल नेपाल तनहुँका जिल्ला संयोजक केहरसिंह आले बादलले सबै एक भएर तनहुँको मुहार फेर्न गोविन्द भट्टराईलाई विजयी गराउन आग्रह गर्नु भएको थियो ।

नेपाली कांग्रेस वडा नं १ का उप सभापति सोमराज सिग्देलले स्वागत गरेको उक्त कार्यक्रम वडा सभापति दिल बहादुर दरैको सभापतित्वमा सम्पन्न भएको थियो । यसैबिच लोकतान्त्रिक बाम गठबन्धनको साझा उम्मेदवार भट्टराई शनिवार देवघाट गाउँपालिकाको विभिन्न स्थानमा घरदैलोमा व्यस्त बनेका छन् । भटराई देवघाट गाउँपालिकाको वडा नम्बर ५ सहित विभिन्न स्थानमा घरदैलोमा व्यस्त बनेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय