काठमाडौं
कानून व्यवसायी, सरकारी कर्मचारी, राजनीतिक दल र दलालीको मिलोमत्तोमा देशैभरिका मठमन्दिर, पार्टीपौवा, गुठी, सरकारी जग्गालगायतका सार्वजनिक जग्गाहरु बेचियो । यसरी सयौँ वर्षअगाडि सरकारी जग्गा रहेको सबै जग्गा अहिले व्यक्तिको नाममा गएको छ ।
सरकारी जग्गा सबै यसरी व्यक्तिको नाममा जाँदा पनि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भूमि व्यवस्थापन तथा अभिलेख विभाग यसको कुनै खोजतलास गर्दैन । पछिल्लो समय देशैभरिका सरकारी जग्गा सबै व्यक्तिहरुले आफ्नो नाममा दर्ता गरिसकेका छन् ।
तर, यता मन्त्री रन्जिता श्रेष्ठ र विभागका महानिर्देशक पद्यनिधि सेती र निर्देशक कृष्णप्रसाद भण्डारी कुनै खोजतलास गर्दैनन् ।व्यक्तिहरुले दर्ता गरेर आफ्नो नाममा लगेको सरकारी जग्गा अहिले सरकारले सरकारको नाममा ल्याउन कुनै पहल गरेको छैन । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले बालुवाटार र थानकोटको मातातिर्थाको रोपनीका रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरियो । यता तत्कालिन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले बालुवाटार र चावहिलको कालोपुलको रोपनीका रोपनी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरियो । यसरी राजनीतिक पार्टीको आड वा दलालीहरुको माध्यमद्धारा सरकारी जग्गा सबै व्यक्तिको नाममा पास गरियो । उता अलिअलि बाँकी भएका सरकारी जग्गा पनि राजनीतिक दलका कार्यकर्ताहरुले सुकुम्बासीको नाममा कब्जा गरे । सरकारले आफ्रनै सम्पत्ति त खोज्न र बचाउन सकेन ।
जसले गर्दा राजनीतिक दलहरुले आफु सत्तामा जानका लागि आफ्ना कार्यकर्ताहरुलाई सरकारी जग्गा कब्जा गर्न लगाए । ठाउँअनुसार आनाको ३ करोडदेखि १५ करोडसम्म मूल्य पर्ने सरकारी जग्गा उनीहरुले व्यक्तिको नाममा दर्ता गराइदिए । मानिसहरुले पनि काम नै नगरी यति महंगो जग्गा सुकुम्बासीको नाममा पाउने भएपछि कसले काम गर्छ ? कुनै नेपाली नागरिक खाडी मुुलुक गएर रगतपसिना बगाएर नेपालमा पैसा पठाइरहेका छन् र त्यहँी पैसाले देशको अर्थतन्त्र र आफ्नो घरपरिवार पालिरहेका छन् । तर, कुनै नेपाली नागरिक भने राजनीतिक पार्टीको झोला बोकेर सुकुम्बासी हौँ भनेर सरकारी जग्गा कब्जा गरेर बस्छन् । तर, आफुलाई भन्ने बेला सुकुम्बासी भनेपनि आफ्ना छोराछोरीलाई डाक्टर, इन्जिनियर पढाउँछन्, घाँटीभरि सुनको सिक्री लगाउँछन्, चिप्लो गाडीमा चढ्छन्, महंगो महंगो रेस्टुरेन्टमा खाना खान्छन् । विदेशमा दुःख गरेर पनि महिनाभरि ४० देखि ५० हजार कमाइन्छ । यता लाखौँ पैसा खर्च गरेर आफ्नो घरपरिवार छोडेर जानुपर्छ । खाडीमा वर्षो दिन काम गर्दा पनि उनीहरुको घरपरिवार भाडामै बसेका हुन्छन् । तर, पनि उनीहरु यसरी हामी सुकुम्बासी हौँ र हामीलाई सरकारी जग्गा चाहियो भनेर जान खोज्दैँनन् । अहिले सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरी बसेका सबै हुकुम्बासी हुन् । उनीहरुले आफ्नो घर भाडामा लगाएका छन् । यता बैंक तथा वित्तिय संस्थामा करोडौँ रकम जम्मा गरेका छन् त उता आफ्ना छोराछोरीलाई सरकारी जागिरदेखि डाक्टर, इन्जिनियरसम्म बनाएका छन् ।
भगवान्ले यीनीहरुलाई पनि हातखुट्टा दिएको छ । यीनीहरुको हाखखुट्टा भाचिँएको छैन । तर, हातखुट्टा भएपछि त काम गरेर खानुपप्यो नि । एक नेपाली आफ्नो घरपरिवार पाल्नका लागि खाडी मुलुकमा दिनरात नभनी काम नगर्ने अनि अर्को नेपाली राजनीतिक आडमा सरकारी जग्गामा कब्जा जमाउने । आमाबुबाले जुन जिल्लाबाट नागरिकता पाएको छ । त्यँही जिल्लाबाट उसका छोराछोरीहरुले पनि नागरिकता पाउने गर्छ । साथै, जुन जिल्लाबाट नागरिकता लिएको छ, त्यहँी जिल्लामा मतदान गर्नुपर्ने कानूनी प्रावधान रहेकोमा अन्य जिल्लाबाट मतदान गर्नुपरेमा बसाईसराई प्रमाणपत्रको आवश्यकता पर्दछ । सरकारले मानिसले जुन स्थान वा जिल्लाबाट नागरिकता प्राप्त गरेको हुन्छ, त्यहँी जिल्लाबाट उसलाई राज्यबाट उपलब्ध गराइने सेवासुविधा उपलब्ध गराइन्छ । तर, पछिल्लो समय सुकुम्बासीको नाममा एक जिल्लाका मानिस अर्को जिल्लामा गएर सरकारी जग्गा कब्जा गरेर बसेका छन् ।
७७ ओटै जिल्लाका मानिसहरु सुकुम्बासीको नाममा उपत्यकाको थापाथली र तीनकुनेको गैरीगाउँको सरकारी जग्गा कब्जा गरेर बसेकाछन् । बाहिरी जिल्लाका मानिसहरु आएर यहाँको सरकारी जग्गा कब्जा गर्दा पनि काठमाडौँका स्थानीय बासिन्दाहरु टुलुटुलु हेरेर बसेका छन् ।
उपत्यकाभित्र भएका सरकारी जग्गाको प्रयोग गर्ने अधिकार त यहाँका स्थानीयको हो । तर, बाहिरी जिललाका हुकुम्बासीहरु सुकुम्बासीको नाममा यहाँ आएर सरकारी जग्गामा कब्जा जमाएर यहाँका स्थानीयहरुको हकअधिकार खोसिरहेका छन् । उपत्यकाभित्र वा बाहिरी जिल्लामा सरकारी जग्गाको अभावका कारण अहिलेपनि कतिपय प्रहरी चौकी, सरकारी कार्यालयहरु लाखौँ रुपैयाँ भाडा तिरेर बसिरहेका छन् ।यता सरकारी जग्गा सुकुम्बासीको नाममा हुकुम्बासीहरुले कब्जा गर्दा अहिले सरकारी विद्यालय बनाउन, सरकारी भवन निर्माण गर्न, बुढाबुढीका लागि पार्क निर्माण गर्न सरकारी जग्गाको अभाव छ । काठमाडौँ उपत्यकामा खुल्ला ठाउँ छैन । यहाँ घरभित्र त कुरै छोडौँ, घर बाहिर समेत घाम देखिदैँन । तर, काठमाडौँका स्थानीय बासिन्दाहरु बाहिरी जिल्लाका हुकुम्बासीहरुले सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गर्दा किन उनीहरुको विरोधमा सडकमा उत्र्रिदैँनन् । के यहाँका स्थानीय बासिन्दाहरु सुकुम्बासी नाममा सरकारी जग्गा कब्जा गरी बसेका हुकुम्बासीदेखि डराएका हुन् ? कि यहाँका बासिन्दाहरुलाई सम्पूर्ण पुगेको हो ? यदि उपत्यकाको थापाथली र गैरीगाउँमा बसेका मानिसहरु साच्चिँकैको सुकुम्बासी हो भनी उनीहरुले जहाँबाट नागरिकता लिएका छन्, त्यहँीबाट सरकारी जग्गाको माग गर्नुपर्छ । साथै, ऊ सुकुम्बासी हो कि हैन ? उसले कतै सुकुम्बासी भनी सरकारी जग्गा माग गर्दै बेचेर त खाइरहेको छैन ? यी सबै कुराको अध्ययन त त्यस गाउँपालिका, नगरपालिका वा महानगरपालिकाका अध्यक्ष, नगरप्रमुखले गर्ने गर्छ नि त ।
आफु जन्मिएको ठाउँमा आनाको एक हजार पनि सरकारी जग्गाको मूल्य नआउने भएपछि उपत्यकाभित्र आएर आनाकै ५ करोड मूल्य पर्ने सरकारी जग्गा कब्जा गरेर सरकारी जग्गाको माग गर्ने । के यो लुटको धन्दा होइन र ? तपाईँ आफैँ भन्नुस् । अहिले उपत्यकाभित्रका नदीकिनारमा बसेका सुकुम्बासीका नाममा हुकुम्बासीहरुलाई नहटाउँदा एकातिर फोहोर, दुर्गन्ध बढिरहेको छ त अर्कातिर सहरको सुन्दरतामा गिरावट आएको छ । देशैभरि सात सय ५३ वटा स्थानीय तह छन् र त्यहाँ जनप्रतिनिधि छन् । तर, पछिल्लो समय देशैभरिका सरकारी जग्गा, गुठीका जग्गा भूमाफियाहरुले आफ्नो नाममा वा अन्य व्यक्तिको नाममा पास गरिसकेका छन् । उता बाँकी रहेका केही सरकारी जग्गामा पनि सुकुम्बासीका नाममा हुकुम्बासीहरुले कब्जा जमाइरहेका छन् । जनप्रतिनिधिहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन्, सरकारी गाडी चढ्छन र देशविदेश घुम्छन् । तर, आफ्नो कार्यक्षेत्र भएको सरकारी जग्गाको खोजतलास गर्दैनन् त सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरेकहरुलाई पनि हटाउँदैनन् ।
गत वैशाख ३० गते काठमाडौँ महानगरपालिकाको नगरप्रमुखका रुपमा बालेन्द् शाह –बालेन) निर्वाचित भए । राजनीतिक दलका उम्मेदवारलाई मतदान नगरी काठमाडौँबासीले बालेनलार्य जिताए । चुनावको समयमा महिनौँ दिनदेखि काठमाडौँमा फोहोर नउठेको हुनाले जताततै फोहोरको चाङ थियो । तर, बालेनले चुनाव जितेपछि राजनीतिक दलहरुको उनलाई असफल बनाउने प्रयासलाई पार गर्दै उनले त्यो थुप्रिएको फोहोर समेत उठाए । यता पाँच दशकदेखि काठमाडौँमा जताततै फुटपाथको अस्तव्यस्त थियो । तर, बालेनले त्यो पनि हटाए । यता सरकारी तथा सामुदायिक विद्यालयमा पढाउने शिक्षकशिक्षिकाहरु विद्यार्थी नपढाई राजनीतिक पार्टीको झोला बोकेर बस्थे । तर, बालेनले सरकारी कर्मचारीलाई कुनै पनि राजनीतिक दलको सदस्यता नलिन निर्देशन दिनुका साथै सरकारी विद्यालयमा सरकारले १५ रुपैयाँ खाजा खर्च दिदैँ आएको महानगरपालिकाद्धारा १० रुपैयाँ थपेर २५ रुपैयाँ पुप्याइयो । जसले गर्दा काठमाडौँ उपत्यकाभित्र सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरुको संख्यामा अभिवृद्धि भयो ।
बालेनले नै वर्षोदेखि व्यवसाय गरेर राज्यलाई राजस्व नतिरेको, व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेका, सरकारको मापदण्डविपरीत घर तथा भवन निर्माण गरेकालाई कानूनको दायरामा ल्याए । जसले गर्दा बालेनलाई मतदान गर्ने जनताहरु त खुशी भए नै तर देशैभरि पनि काठमाडौँ उपत्यकाका चर्चा भयो । अहिले भूरादेखि बुढासम्मले भन्छ, ‘मान्छे हुनुपर्छ त बालेन जस्तो ।’ यता बालेनकै काम देखेर अन्य जिल्लाका नगरपालिका, गाउँपालिका र महानगरपालिकाका मेयरहरुले पनि पाठ सिके र काम गर्न थाले । कति सरकारी जग्गा कब्जा गरेर बसेकाको भवन, घर भत्काउन नगरप्रमुख बालेन आफैँ पनि पुगे । जसले गर्दा उनको साहसलाई अहिलेपनि जनता मान्छन् । गत मंसिर १२ गते थापाथलीमा बसेका सुकुम्बासी बस्ती हटाउन महानगरीय प्रहरी डोजरसहित पुग्यो । त्यस्तै, चैत २४ गते पनि सुकुम्बासी हटाउन महानगरीय प्रहरी र डोजर त्यहाँ पुग्यो । तर, यहाँ सरकारी जग्गा कब्जा गरी बसेकाहरु सुकुम्बासी होइनन् भनेर अहिले सरकारदेखि जनतासम्मले थाहा पाइसकेका छन् । यीनीहरुले राजनीतिक पार्टीकै आडमा सरकारी जग्गामा कब्जा जमाएका हुन् । त्यसैले, अब बालेनको सुकुम्बासी हटाउने कार्यलाई साथ दिन काठमाडौँबासीहरु सडकमा आउन ढिलो भइसकेको छ । अब काठमाडौँबासीहरु छिटोभन्दा छिटो बालेनको पक्षमा सडकमा उत्र्रिनुपर्छ । किनकि यो कार्य बालेन एकको मात्र नभई पूरै काठमाडौँबासी हो । सुकुम्बासीका नाममा बसेका हुकुम्बासीहरुले अहिले काठमाडौँबासीको हक, अधिकार खोसेका छन् । सरकारी जग्गा वा सरकारी सम्पत्ति बचाउने कार्य काठमाडौँबासीको पनि कर्तव्य र दायित्व हो ।
त्यसैले, अब काठमाडौँबासीहरु सुकुम्बासी हटाउनुपर्छ भनेर छिटोभन्दा छिटो सडकमा उत्र्रिनुपर्छ । अहिले बालेनको साथमा काठमाडौँबासी मात्र नभई देशैभरिका जनता छन् । त्यसैले, अब सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरी बसेका हुकुम्बासीहरुलाई हटाउनुपर्छ ।
महानगरीय प्रहरी बलका प्रमुख राजु पाण्डे निकै आटिँलो छन् । तर, सुकुम्बासीहरुले आगो र खुकुरी देखाएमै सुकुम्बासी हटाउन गएको पनि फर्किने काम गर्नुहुदैँन । यदि सुकुम्बासीहरुले आगो र खुकुरी देखायो भन्दैमा फर्किने गप्यो भने उपत्यकाभित्रका सुकुम्बासीका नाममा सरकारी जग्गा कब्जा गरी बसेका हुकुम्बासीहरु कहिले हट्छन् ? के आगो बाल्दैमा र खुकुरी देखाउँदैमा सरकारी जग्गामा कब्जा गर्न पाइन्छ ? के आनाकै ५ करोड मूल्य पर्ने सरकारी जग्गा आगो र खुकुरी देखाएर लिन पाइन्छ । देशमा कानून छ । तर, कसैले पनि यसको महसुस गर्न पाएका छैनन् ।यसरी सुकुम्बासीहरुले नाङ्गो खुकुरी र आगो देखाउँदा पनि कानूनको दायरामा ल्याउन नसक्ने गृह मन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले अब तुरुन्त पदबाट राजनीनामा दिनुपर्छ । यदि जनतालाई देशमा कानून र सरकार छ भनेर महसुस नै गराउन नसक्ने हो भने यीनीहरुलाई यो पदमा बस्न नैतिकताले दिन्छ ? अब काठमाडौँ महानगरपालिकाका मेयर बालेन अब सुकुम्बासी बस्ती हटाउनबाट पछि सर्नुहुदैँन त महानगरीय प्रहरी डराउनुहुदैँन । किनकि उनीहरुलाई जनताको साथ छ ।


