चितवन, चैत २४-

जिल्ला प्रशासन कार्यालय चितवनले घरमा भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। आज सूचना जारी गर्दै कार्यालयले इजाजतप्राप्त हातहतियारहरू घर नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो।

वैशाख १० मा चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन घरका हातहतियार बुझाउन कार्यालयले अनुरोध गरेको हो।

हातहतियार नबुझाउनेलाई कारबाही गर्ने चेतावनी कार्यालयको छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय