काठमाडौँ
काठमाण्डौ उपत्यका भित्र विभिन्न ६ स्थानमा अमेरिकी डलर देखाई लुटपाट गर्ने ५ जनाको समूह पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई मंगलबार गोकर्णेश्वर न।पा। अत्तरखेल र नाम्खेलबाट पक्राउ गरेको हो।
उनीहरु गोकर्णेश्वर तथा थानकोट लगायत काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रुपैँया साटिदिने भनि प्रलोभनमा पारी श्रृङखलावद्ध रुपमा ठगी गर्ने कार्यमा संलग्न रहेका थिए। उक्त गिरोहले पिडित ब्यक्तिहरुलाई पटक पटक फोन मार्फत सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटीदिने प्रलोभनमा पार्ने गरेको, ठगि तथा लुटपाटमा संलग्न हुने त्यस्ताव्यक्तिहरुले विभिन्न नम्बरका मोबाईलहरु प्रयोग गर्ने र घटना पश्चात प्रयोग गरेका मोबाईलहरु पुनस् प्रयोग नगर्ने गरेको साथै पिडित सँग त्यस्ता व्यक्तिहरुको हुलिया मात्र थाहा हुने गरेको, १ र ५० दरका अमेरिकी डलर पिडित पक्षलाई प्रत्यक्ष देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका सागुरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई पिडित पक्षलाई झुक्यानमा पारी डलर भनि रु ५, १० , २० र नेपाली नोट साईजको पेपरकाटी रुमालमा पोकोपारी दिई पिडित सँग भएको लाखौ रुपैँया लुटपाट गरी फरार हुने गरेको प्रहरी अनुसन्धान बाट खुलेको छ।
पक्राउ पर्नेहरुमा धादिङ सुनौलो बजार गा।पा।वडा नं। ७ घर भएका ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोक बाह्रबिसेका २४ वर्षीय बिकाश तामाङ , धनकुटा बेलाराका ३२ वर्षीय दिपक दमाई, सिन्धुपाल्चोक बाह्रबिसेकै २८ वर्षीय साजन तामाङ र सोही ठाउँका ३५ वर्षीय प्रेम ब। तामाङ रहेका छन्। उनीहरुको समुहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ गरिएका ५ जनालाई ठगि मुद्दामा आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाईएको प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।


