मोरङ
नक्कली परीक्षार्थीको आशंकामा मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को एउटा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् ।
सामाजिक विषयको परीक्षा दिंदै गर्दा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो । शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ ।
प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।
‘आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं, भेरिफाइ भइरहेको छ,’ उनले भने,‘ एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।’


