काठमाडौँ

आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने वान डे विश्वकपमा लागि जिम्बावेमा जुन-जुलाईमा विश्वकप छनोट हुँदैछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टोलीले मात्र विश्वकपमा स्थान बनाउनेछन् । जिम्बावेमा विश्वकप छनोट खेल्ने १० मध्ये ९ टोलीको टुङ्गो लागेको हो ।

सुपर लिगको पुछारका पाँच टिम श्रीलंका, वेष्ट इन्डिज, जिम्बावे र नेदरल्याण्ड्स (एक टिम टुङ्गो लाग्न बाँकी), लिग टु को शीर्ष तीन टिम स्कटल्याण्ड, ओमान र नेपाल तथा क्वालिफायर प्लेअफबाट अमेरिका र यूएईले विश्वकप छनोट खेल्नेछन् ।

अब एक टिमको टुङ्गो लाग्न बाँकी छ ।

सुपर लिग खेलिरहेका दक्षिण अफ्रिका र आयरल्याण्डमध्ये एक टिमले सिधै विश्वकपमा स्थान बनाउनेछ भने एक टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

दक्षिण अफ्रिका विश्वकप सिधै खेल्ने होडमा अघि छ । सुपर लिगमा सबै खेल खेलिसकेको दक्षिण अफ्रिका ९८ अंकसहित आठौं स्थानमा छ । आयरल्याण्डले बंगलादेशसँग तीन खेल खेल्न बाँकी छ र हाल ६८ अंक छ । आयरल्याण्डले सबै खेल जितेमा दक्षिण अफ्रिका समान अंक बराबरी हुनेछ र यस्तो हेड टु हेड र रनरेट निर्णायक हुनेछ ।

यदि आयरल्याण्डले बंगलादेशसँग एक मात्र खेल हारेमा पनि दक्षिण अफ्रिका सिधै विश्वकपमा पुग्नेछ ।

यसपटक चार टेष्ट राष्ट्रले पनि विश्वकप छनोट खेल्नुपर्ने भएको छ । जसमा दुई पूर्वच्याम्पियन वेष्ट इन्डिज र श्रीलंकासमेत छन् । यस्तै आयोजक जिम्बावे लगातार दोस्रो पटक विश्वकप छनोट खेल्दैछ । अब यसमा एक टेष्ट टिम थपिनेछ ।

यसपटक नेपालले पूर्व विश्वविजेतामध्ये एक टिमसँग खेल्ने लगभग पक्का छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय