चितवन, चैत २०
चितवन–२ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१२ जना विभिन्न राजनीतिक दलबाट र १२ जनाले स्वतन्त्र हिसाबले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिएका हुन् । २४ जनामध्ये २ जना महिला स्वतन्त्र उम्मेदवार छन् ।
भोलि चैत २१ गते मंगलबार दाबी विरोधको समय रहेको र २३ गते स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिइने आचार्यले जानकारी दिए ।


