गोरखा वैशाख २७ – गोरखा जिल्ला गण्डकी गाँऊपालिका वडा नम्बर साबिक दर्बुङ गाविस निवासी विराट खनाल नेपाली काग्रेस जिल्ला कार्यसमिति गोरखाको आमन्त्रित सदस्य मनोनित हुनु भएको छ।

प्रवासी भुमीमा रहेर विभिन्न राजनितिक,  गैर राजनितिक संघ,संस्थामा रहेर सामाजिक क्षेत्रमा क्रियाशिल खनालको राजनितिक समलग्नता नेविसंघ बाट भएको हो, खनालले नेपाल विधार्थी संघ मनमोहन ईकाई कमिटिको संस्थापक ईकाई सभापती बाट भातृसंगठनको राजनिति शुरुवात गर्नु भएको पाईन्छ।

हाल कर्मथलो जापानलाई बनाऊदै आऊनु भएका खनालको आबद्धता नेपाली जनसम्पर्क समिति जापानमा समेत रहदै आएको , नेपाली काग्रेस स्थानिय तह निर्वाचन प्रवास प्रचारप्रसार ऊपसमिति अन्तर्गत प्रवास मिडिया समन्वय सञ्जालको सदस्य समेत रहनुभएका खनाल स्वदेश  तथा प्रवासमा रहेका नेपाली, गोरखालीहरु बिच समेत लोकप्रिय रहनु भएको पाईन्छ। खनाल नेपाली काग्रेसपार्टीको १२ औँ अधिवेशनमा १९/२० बर्षको ऊमेरमा नेका गोरखा क्षेत्र नम्बर को  क्षेत्रिय प्रतिनिधि समेत हुनु भएको पाईन्छ।

गोरखाको दक्षिणी पुर्वी दर्बुङफाँटमा जन्मनु भएका निडर,स्पष्ट,निष्ठावान,ईमान्दार,सबै संग सहजै घुलमिल हुन सक्ने स्वभाव रहेका खनालको  रुचि परोपकारी कार्य, पत्रकारिता संगै राजनिति रहेको पाईन्छ।खनाल हाल प्रवासी गोरखालीहरुको साझा संस्था ग्लोबल गोरखा समाजको सचिवको रुपमा समेत काम गर्दै आऊनु भएको पाईन्छ। खनालको मनोनयन लाई लिगेर खनालका शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत गोरखाका आम नेका का नेता कार्यकर्ताहरुको  भावना बुझेर स्थानिय तहको निर्वाचनमा जिल्ला भर रुखमा  मतदान गर्ने कार्यकर्ताको अधिकार सुनिश्चितता गरेको नेतृत्वको अर्को सकारात्मक कार्यको रुपमा समेत चर्चा गर्दै आएको पाईन्छ । 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय