संसारकी कान्छी प्रधानमन्त्रीको रूपमा चर्चा कमाएकी सना मरिनको पार्टी फिनल्याण्डमा तेस्रो स्थानमा खुम्चिएको छ।

आइतबार सार्वजनिक भएको आम निर्वाचनको नतिजा अनुसार मरिनको सोसियल डेमोक्राटिक पार्टीले ३७ सिट मात्रै जितेको छ। सबैभन्दा बढी नेसनल कोअलिसन पार्टीले ४८ सिट जितेको छ।

दोस्रोमा फिन्स पार्टीले ४६ सिट जितेको छ।

सन् २०१९ मा ३४ वर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनेकी थिइन्।

तीन दलको २० प्रतिशत आसपास सिट जितेकाले एक्लै कुनै पनि दल सरकार बनाउन सक्ने अवस्थामा भने छैन।

विपक्षी दल नेसनल कोअलिसन पार्टीका दक्षिणपन्थी नेता पेटेरी ओर्पोले गठबन्धनको सरकार बनाउने तयारी गरेका छन्। उनले सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै जनताबाट आफ्नो दलले सरकार बनाउने म्यान्डेड प्राप्त गरेको र त्यसैअनुसार काम गर्ने प्रतिक्रिया दिएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय