गोरखा– गोरखा जिल्ला गण्डकी गाँऊपालिका वडा नम्बर ५ साबिकको दर्बुङ गाविसको डुम्रीडाँडामा वि.स.२००१/२/१७ गते जन्मनुभएका श्री रत्नेश्वर माविका पुर्व शिक्षक टिकादत्त खनाल द्वारा आफ्नो जन्मथलो दर्बुङ गाविसको समग्र भुगोल चाडपर्व, रितिरिवाज,चालचलन,भेषभुषा,पेशा, हालको दर्बुङ र पहिलेको दर्बुङ, मठमन्दिर,धर्म,संस्कृती,टोल टोलका प्रसिद्धठाँऊहरु, हावापानी,दर्बुङका घर गोठको वनावट लगाएतका विषयवस्तुहरु लाई समेटेर “दर्बुङ परिचय”नामक कृति प्रकाशित गर्नु भएकोछ।

लामो समय शिक्षण पेशामा आबद्ध रहदाँ “टिका सर ” नामले चर्चीत खनाल शिक्षण पेशाबाट अवकाश पश्चात दर्बुङ खनालहरुको वंशावली,डुम्रीडाँडा सम्झनाको कृति समेत सार्वजनिक गर्नुभएको छ। बसाईसराईको क्रममा पुर्वि चितवनको रत्ननगर –३ शान्तीचोकमा बसोबास गर्दै आऊनु भएका खनाल हाल पण्डित पेशाको अलावा विभिन्न सामाजिक संघ,संस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा क्रियाशिल हुदै आऊनु भएको छ।

खनाल द्वारा लिखित पुस्तकमा निम्न अनुसार विषयसुचीहरु रहेका छन् ।
१, दर्बुङ परिचय
२, चाडपर्व (चाडपर्व मान्ने चलन)
३, दर्बुङकोट
४, दर्बुङबेसी
५, दर्बुङमा शिक्षा
६, पहिले र अहिलेको दर्बुङ
७, गाँऊठाँऊको नाम
८, टाँडिबिसौना चौतारा
९, दर्बुङका शालिन व्यक्तित्वहरु
१०, राजा पृथ्वीनारायण शाह
११, दर्बुङको रीतिरिवाज
१२, सन्सारी पुजा
१३, दर्बुङको किसान
१४, दर्बुङ गोठको पहिचान
१५, दर्बुङ २
१६, हावापानी
१७, लेखकको परिचय
१८, पं माधव प्रसाद खनाल



