काठमाडौं, चैत १७

चितवन २ बाट उपचुनाव लड्न कस्सिएका एमालेका नेता पुण्य गौतमले  पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर टिकट दिन आग्रह गरेका छन् । उनले ओलीलाई भेटेर आफूलाई टिकट दिन आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा तस्वीर राखेर गौतमले अध्यक्षसँग सार्थक र प्रभावकारी कुराकानी भएको बताएका छन् । त्यसअघि उनले चितवनका एमाले नेताहरु र त्यहाँका फिल्ड कमाण्डर गोकुल बास्कोटासँग पनि छलफल गरेका थिए ।

ओलीसँगको भेटमा गौतमले आफू चितवनबाट चुनाव जितेर आउने दाबी गरेका थिए । ‘म रवि लामिछानेलाई हराउन सक्षम छु । यही कुरा अध्यक्षज्यूसमक्ष राखें । पार्टीले मेरो क्षमताको मूल्यांकन गरेर टिकट दिनेमा आशावादी छु’, उनले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय