प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गरेका छन् । भरतपुरमा करिब २ अर्ब लागतमा ३ वर्षमा बन्ने गरी टर्मिनल भवनको शिलान्यास गरेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको एरोडम इन्जिनियरिङ डिपार्टमेन्टले नया टर्मिनल भवन बनाउन लागेको छ।

प्राधिकरणले चैत ६ गते केसी–क्षमादेवी–प्रतिस्ता जेभीले ठेक्का पाएको थियो। प्राधिकरणले १ अर्ब ९२ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ।

तराईका अधिकांश विमानस्थलमा एटीआर ७२ जहाज अवतरण गर्न सक्ने भए पनि भरतपुर विमानस्थलमा अवतरण हुँदैन। एटीआर ४२ र ट्विवनअटर जहाजले उडान र अवतरण गर्दै आएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय