काठमाडौं ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस क्षेत्र बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो। त्यहाँ पुन: रास्वपाका सभापति लामिछाने उठ्ने निश्चित भईसकेको छ।

श्रेष्ठ चितवन जिल्ला पूर्व अध्यक्ष पनि हुन्। अब चितवन -२ मा रवि लामिछाने र जीतनारायण श्रेष्ठ बीच प्रतिष्पर्धा हुने निश्चित भएको छ। चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिध सभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय