काठमाडौं । जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

दुवै संस्थाले साधारण सभाका लागि भोली (चैत १७ गते)देखि बुक क्लोज गर्दैछन् । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट १४.२८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले चैत ३० गते साधारण सभा बोलाएको छ ।

यस्तै एनएमबि लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
संस्थाले वैशाख १५ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय