लमही नगरपालिका–९ तरुलियामा बिहीबार बेलुका आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही-९तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् ।

बोटेको गोठबाट सल्किएको आगोले उनको एक घर र हुकुमबहादुर बोटेको एक घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले बताए। घर भित्र रहेका सामान निकाल्न खोज्दा जलेर बोटेको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको उनले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय