आज सोमबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
महासंघका अनुसार साेमबार तेजावी सुन प्रतितोला १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएकाे छ ।
सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।


