इरानी सेनाले एक विज्ञप्ति जारी गर्दै इजरायलको ‘निरन्तर अपराध’ विरुद्ध आक्रमण गरिएको बताएको छ। इरानले जारी गरेको सेनाको विज्ञप्तिमा उक्त आक्रमणलाई ‘अपरेशन ट्रु प्रमिस’ नाम दिइएको हो ।
विज्ञप्तिमा आक्रमणको प्रकारको जानकारी दिइएको छैन। अहिलेसम्म प्राप्त जानकारी अनुसार इरानको वायुसेनाले इजरायलतर्फ दर्जनौँ मिसाइल र ड्रोन प्रहार गरेको छ ।


