सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजानिक गरेको छ । बौद्ध,जोरपाटी,बाहुनधारामा रहेको हाम्रो सेलोघरमा एक कार्यक्रम गरि सारा खवर डटकमले प्रकाशन गरेका बि.सं.२०८१ को भित्तेपात्रो सार्वजानिक गरेको हो । नमोबुद्ध न्यूज एचडिले संस्कार र संस्कृति बचाउने अभियान स्वरुप शुरुगरेको हाम्रो सेलो घरमा ग्रील तथा स्टील ब्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा बिभिन्न मिडियाका मिडियाकर्मी तथा बिभिन्न संस्थाका प्रतिनिधिहरु को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका नवनिर्वाचित अध्यक्ष अर्जुन के.सी.,राष्ट्रिय संगीतकर्मी संघका कोषाध्यक्ष राजकुमार हुँमागाई, खुसी इन्डस्टिज प्रा.लि.का शुसिल मोक्तान,मिडियाकर्मी तथा प्रशिक्षक नविन पल्लव, शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकाल,मिडियाकर्मी दुर्गा ओझा, लोकतान्त्रिक पत्रकार मञ्चका अध्यक्ष कुमार ओझा,सामाजिक अभियन्ता लिला खनाल,तुफान मगर, शिवहरी खनाल,मोडल तथा नायीका निर्मला मोक्तान,तामाङ पत्रकार संघका केन्द्रिय सदस्य सुदिन दोङ,तामाङ पत्रकार संघ भक्तपुरका कार्यबहाक अध्यक्ष छेडुप दोङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले साराखवरले गरेका कार्यहरुको प्रसंसा गर्दै समाजका बिकृति, बिसंगति,अन्याय, अत्याचार तथा भ्रष्टाचारको बिरुद्धमा आवाज उठाईरहने र कलम चलाईरहने साहस गर्ने मिडियाकर्मीहरुलाई आफ्नो पुर्ण साथ र समर्थन रहने बताउनु भयो । यो समाज रुपमन्तरण गर्न अब मिडिया बाहेक कसैले पनि नसक्ने भन्दै श्रेष्ठले ईमान्दार भएर लाग्न सबै मिडियाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा उपस्थित समाजसेवी, मिडियाकर्मी हरुले संयुक्त रुपमा भित्तेपात्रोको बिमोचन गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय