नेकपा एमालेको  दशौँ जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर मनपरी गरेको भन्दै पार्टी परित्याग गरेका छन् । तत्कालीन जिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी जिल्ला अधिवेशनमा नेतृत्वले देखाएको रवैया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी सदस्यता परित्याग गरेको घोषणा गरेका हुन् ।

जिल्ला कमिटी ओखलढुङ्गाको दशौँ जिल्ला अधिवेसन बुधवार सम्पन्न भएर जीबी खड्काको अध्यक्षता जिल्ला कमिटी गठन भैसकेको छ ।  ‘दसौँ जिल्ला अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन् ।

उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको  भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन् ।  ‘यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज  क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु’, कटवालले भनेका छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेको दसौँ एमाले जिल्ला अधिवेशनमा खड्काले निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गरेका थिए । खड्कालाई प्रदेश कमिटी सदस्य तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङ लगायतको समर्थन थियो भने राईलाई केन्द्रीय सदस्य यज्ञराज सुनुवारको समर्थन थियो । कटवाल सुनुवार पक्षधर मानिन्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय