नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको एकदिवसीय सिरिजको पहिलो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ ।योसँगै नेपाल ए ले पहिला बलिङ गर्ने भएको छ । यसअघि सम्पन्न टी-२० सिरिज आयरल्याण्ड वोल्भ्सले २-१ ले जितेको थियो ।
आजको खेलमा नेपाल ए को प्लेइङ-११ मा विनोद भण्डारी ‘कप्तान’, अर्जुन साउद, अर्जुन कुमाल, देव खनाल, भिम सार्की, आरिफ सेख, शाहाब आलम, बशीर अहमद, रिजन ढकाल, मौसम ढकाल र कमल सिंह ऐरी रहेका छन् ।


