काठमाडौं। मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक÷दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल विस्तारसँगै चहलपहल बढेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका १६ मन्त्रीको नियुक्ति र शपथ र कार्यभार नतोकिएका तीन मन्त्रीको कार्यभार तोकिएपछि बुधबार साँझदेखि नै विभिन्न मन्त्रालयमा कर्मचारी, सम्बन्धित पार्टी र मन्त्रीका समर्थक र सञ्चारकर्मीको भीड बढेको हो।

शहरी विकासमन्त्रीबाहेक नवनियुक्त उपप्रधानमन्त्रीत्रय र मन्त्रीहरूले बुधबार राति नै आफ्ना मन्त्रालयमा पुगेर पदबहाली गरे। आज बिहान ९ः३० बजेदेखि नै कतिपय मन्त्रीहरू कार्यकक्षमा पुगेर सचिवलगायत कर्मचारीबाट ब्रिफिङ लिन सुरु गरिसकेका छन्‌।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले यही फागुन २१ गते नेपाली कांग्रेस समेतको गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन गरेपछि नयाँ मन्त्रीमण्डल विस्तार भएको हो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय