नयाँ सत्ता गठबन्धन बन्ने निश्चित भएसँगै शेयर बजारमा उछाल आएको छ । बजार खुलेको केही मिनेटमै बजार उच्चअंकले बढेको हो । बजारमापक परिसूचक नेप्से ९८.६९ अंकले बढेपछि अहिले पहिलो सर्किट ब्रेक लागेको छ । ५ प्रतिशतभन्दा धेरै बजार बढेकाले केही समयका लागि कारोबार रोकिएको हो ।

लगातार घटिरहेको शेयर बजार  सत्ता गठबन्धन परिवर्तन हुने निश्चित भएसँगै बढेको हो । माओवादी, एमाले, रास्वपा र जसपाको गठबन्धन बन्ने निश्चित भएको छ भने कांग्रेस सरकारबाट बाहिरिँदैछ । अर्थमन्त्रीमा विष्णु पौडेलको चर्चा छ । पौडेल सधैँ शेयर बजारका लागि सकरात्मक मानिन्छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय