पर्वत जिल्ला मोदी गाउँपालिका वडा नं ५ स्थायी घर भई हाल तर्केश्वर नगरपालिका वडा नं १०,मनमैजु मा बसोबास गर्दै आएका विशाल सुवेदी को श्रीमती शोभा परियार सुवेदी करिब एक हप्ता अगाडि देखि संपर्क मा नआएको र एक हप्ता सम्म आन्तरिक खोजी कार्य र बालाजु प्रहरी मा खोजी पत्र दिँदा सम्म कुनै जानकारी प्राप्त नभएको ले देख्नुहुने सामाजिक सञ्जाल प्रयोग कर्ता हरु ले तल उल्लेखित मोबाइल नं मा सम्पर्क गर्नुहुन श्रीमान विशाल सुवेदी ले अनुरोध गरेका छन्।
श्रीमान का अनुसार:
शोभा परियार को स्थायी घर गोरखा भिमशेन थापा गाउँपालिका-३ तान्द्राङ, सिमलफेद हो। आज भन्दा ४ वर्ष पहिले प्रेम सम्बन्ध मा रहेर विवाह भयो। अहिले १८ महिना को छोरी छ। हाम्रो सम्बन्धमा सबै राम्रो थियो। आज भन्दा ९ दिन अगाडि घर मा सामान्य मनमुटाव हुँदा श्रीमती ले म तपाईंलाई सरप्राइज दिन्छु भनेको थियो। मैले मजाक मा भनेको होला भनेर वास्ता गरिन र त्यो भनेको भोलिपल्ट हामी सँगै(श्रीमान-श्रीमती र छोरी) चोक को चिया पसल मा आगो तापिरहेका थियौ त्यतिकै मा एउटा कल आयो म घर भाडा मा दिने, जग्गा बेच्ने जस्ता काम गर्ने भएका ले मैले कल मा कुरा गर्दै थिए। कल राखेर हेर्दा श्रीमती लाई त्यहा देखिन। त्यसको भोलिपल्ट सम्म सम्पर्क मा नआएपछि बालाजु प्रहरी कार्यालय मा खोजीकार्य को लागि पत्र दिए तर त्यहा बाट पनि कुनै जानकारी आएको छैन। त्यो दिन देखि आन्तरिक रूप मा खोजी कार्य गरिरहेको छु तर कुनै जानकारी पाएको छैन। श्रीमती र छोरी मात्र गएको छ ऊ सँग पैसा नी थिएन, आफ्नो र बच्चा को पनि कुनै लुगा लागेको छैन। जहाँ भए पनि आफ्नो र बच्चा को स्वास्थ्य अवस्था कस्तो होला। के गरिरहेको होला भन्ने चिन्ता ले मेरो मानसिक र स्वास्थ्य अवस्था मा नकारात्मक परिवर्तन आइसकेको छ।
श्रीमान विशाल सुवेदी ले भने अनुसार उनको श्रीमती र छोरी जस्तो अवस्था मा भए पनि भेटेर आपसी कुरा गरी समस्या को समाधान गर्ने बताउँछन्।
उनले रुँदै आफूलाई आफ्नो भन्दा बढी श्रीमती र छोरी को माया लाग्ने सम्म बताएका छन्।
माथि फोटो मा रहेको सुवेदी को श्रीमती र छोरी लाई कोही कसैले काही कतै देख्नु भएको भए तल उल्लेखीत मोबाइल नं मा सम्पर्क गर्न अनुरोध सम्म गरेका छन्।
मो. नं.: ९८१८६९६०१४
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय