जापान फेब्रुअरी २१ नेपाली जनसम्पर्क समिती जापान अन्तरिम केन्द्रिय समिती द्वारा प्रजातन्त्र दिवसको ऊपलक्क्षमा आयोजितरक्तदान , शुभकामना आदान प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

डिका कार्की नेतृत्वमा रहेको समितीले मिति २०८० फागुण ७ गते सोमबार अग्रेजी मिति तदअनुसार सन् २०२४ फेब्रुअरी १९ तारिखजापानको राजधानी टोकियोमा दुई छुट्टा छुट्टै स्थानमा कार्यक्रम गरेको थियो। प्रथम चरणको कार्यक्रम राजधानी टोकीयोकोआकियावारा स्टेशन नजिक रेडक्रस हलमा झण्डै ७० भन्दा बढीको ऊपस्थितीमा ४५ जनाले रक्तदान गर्नु भएको बताईएको छ।
दोस्रो चरणको दिप प्रज्वलन,शुभकामना आदान प्रदान तथा गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद/ एसिया प्यासिफिकक्षेत्रमा जापान बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम सिनओकुबो स्थित सोलमरी मुराहलमासम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथीमा नेपाली काग्रेसका युवा नेता प्रखर वक्ता पुर्व केन्द्रिय सदस्य गुरुराज घिमिरे, विशिष्ट अतिथीमा गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. बद्री केसी विशेष अतिथिहरुमा नेपाली काग्रेस चोधौं महाधिवेशनकामहाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, नेपाली काग्रेसका अग्रज व्यक्तित्व धर्मराज अधिकारी, गैरआवासिय नेपाली संघका नवनिर्वाचित ऊपाध्यक्ष रोविन शेरचन, युवा ऊपाध्यक्ष रोशन थापा, सचिव पारसमणी पोखरेल, कोषाध्यक्ष सुदन थापा, आईसिसीसदस्यहरु विजेश थकाली, बाबुराम भण्डारी, विकाश श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका महिला संयोजक अनिता गुरुङ ,ऊप–संयोजकदिपक कँडेल , नेपाली जनसम्पर्क समिती जापानका अग्रज अभिभावक कपिल देव थापा, एनआरएनए जापानका पुर्व ऊपाध्यक्ष सरोज कुमार खत्री , पुर्व महासचिव विनोद खनाल, एनआरएनए जापानकी निवर्तमान ऊपाध्यक्ष सामाजिक अभियान्ता संगिता अधिकारी सुवेदी एभरेष्टट्रेडका प्रोपाईटर शिवहरी पौडेल, एनआरएनए जापानका ऊपाध्यक्ष सचिन श्रेष्ठ, एनआरएनए जापानका निवर्तमान अध्यक्ष शिव प्रसादपौडेल,शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा,ग्लोबल फोरम जापानका अध्यक्ष धन बहादुर विक, बाग्लुङग समाज जापानका अध्यक्षयमकान्त कँडेल,कानागावा कम्युनिटीका अध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास जापान शाखाका निवर्तमान अध्यक्ष अनेसासका केन्द्रिय सदस्यरविन शर्मा, एनआरएनए जापानका केन्द्रिय सदस्य रामु कँडेल, नेत्र पाण्डे एनआरएनए जापान क्षेत्रिय समिति कान्तोका ऊप संयोजकदिपक सुवेदी (विप्लप) लगाएत जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधीहरुको बाक्लो ऊपस्थितिका रहेको थियो भने केहिसंघ,संस्थाहरुले शुभकामना सन्देश पठाऊनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथी घिमिरेले प्रजातन्त्र दिवसको विषयमा भर्चुअल माध्यम मार्फत आफ्नो मन्तव्य राख्नुका साथै देशमा बिग्रदैगएको राजनितिक परिस्थितिको बारेमा चर्चा गर्नुका साथै प्रवासमा रहेर पनि यस्ता दिवसहरुमा रक्तदान जीवन दान जस्ता कार्यक्रमराखेर प्रजातन्त्र दिवस मनाएकोमा नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रिय समिती प्रति आभार प्रकट गर्नु भएको थियो प्रमुखअतिथी घिमिरेले यस महत्वपुर्ण दिनमा प्रत्यक्ष ऊपस्थित भएर रक्तदान गर्नुहुने सम्पुर्ण प्रति आभार प्रकट गर्नु भएको थियो। घिमिरेलेदेशमा प्रजातन्त्र आएको धेरै दशक भै सक्दा पनि नेपालमा राजनितिक पार्टीहरुले यसको सहि प्रयोग गर्न चुकेको र यसको असरप्रवासमा बस्ने नेपाली समुदायमा समेत देखिएको विषयमा चिन्ता व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथि गैरआवासीय नेपाली संघका नव निर्वाचित अध्यक्ष बद्रि केसीले शुभकामना मन्तव्य राख्नुका साथैप्रजातान्त्रीक अभ्यास लाई आत्मसाथ गर्न नसक्ने तत्वहरु अझै पनि स्वदेश तथा प्रवासमा रहेको र गैर आवासीय नेपाली संघ अन्तराष्ट्रियसमन्वय परिषदको निर्वाचनमा प्रजातान्त्रीक अभ्यास बाट निर्वाचित कार्यसमिति को विरोधमा केहि समाज,संघ,संगठन भाड्ने तत्वहरुलागी परि रहेकोले नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रिय समितिले त्यस्ता तत्वहरु लाई सन्देश दिन यो विशेष दिनमारक्तदान,दिप प्रज्वलन, शुभकामना आदान प्रदान तथा गैर आवासीय नेपाली संघको निर्वाचनमा जापान बाट निर्वाचित हुनु हुने सम्पुर्णलाई शुभकामना तथा सम्मान व्यक्त गर्ने कार्यक्रम आयोजना गर्नु आफैमा प्रजातान्त्रीक अभ्यासको सम्मान हुनुका साथै आफु लाई समेतविशिष्ट अतिथिको रुपमा आमन्त्रण गरेकोमा आयोजक संस्था प्रति आभार प्रकट गर्नुका भएको थियो भने रक्तदान कार्यक्रममा सरिकसम्पु्र्ण प्रति विशेष आभार प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा विशेष अतिथिहरु सम्पुर्णले शुभकामना मन्तव्य राख्नुका साथै प्रजातान्त्रीक अभ्यास प्रति भई रहेको प्रहारले विश्वभर रहेकोनेपाली समाज लाई दुई भागमा विभाजन गर्नका लागी केहि अराजक तत्वहरु लागी रहेको र त्यस्ता तत्वहरु लाई सन्देश पुग्ने गरेर नेपालीजनसम्पर्क समिति जापान अन्तरिम केन्द्रिय समितिले आयोजना गरेको कार्यक्रमले डायस्फोरामा सबै माझ सकारात्मक सन्देश प्रवाहगर्न सफल भएकोमा आयोजक प्रति आभार प्रकट गर्नु भएको थियो।


