यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल भारत तथा अष्ट्रेलियाबीच हुने भएको छ । गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई एक विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा स्थान सुरक्षित गर्दै भारतसंगको भेट पक्का गरेको हो ।

अब अस्ट्रेलियाले फाइनलमा उपाधिका लागि आइतबार भारतको सामना गर्ने छ । भारतले यसअघि दक्षिण अफ्रिकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

बिहीवार राति सम्पन्न खेलमा पाकिस्तानले दिएको १८० रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुदै १७९ रन बनाएको थियो

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय