फिल्म ‘क्याप्टेन’बाट नेपाली भित्रिएकी अभिनेत्री उपासना सिंह ठकुरीको करिअर सुखद् चलिरहेको छ ।
‘कबड्डी कबड्डी कबड्डी’, ‘दुई नम्बरी’ जस्ता फिल्मबाट उनले हिटको स्वाद चाखिसकेकी छन् ।
उनलाई अहिले पनि फिल्मको कमी छैन । यही शुक्रवारबाट उनको नयाँ फिल्म ‘हात्तीछाप’ प्रदर्शनमा आउँदैछ । धीरज मगरसँग जोडी बाँध्दै उनले ‘खुश्मा’ फिल्ममा काम गर्दैछन् ।
यसैबीच, मंगलवार राजधानीमा आयोजित ‘हात्तीछाप’ फिल्मको प्रिमियरमा उपासना उपस्थितको नजरमा परिन् ।
वान पिस पहिरनमा उपस्थित उनले क्यामेराको अगाडि निर्धक्क तस्वीर खिचाइन् ।
फिल्ममा भने उनी प्रायः सफ्ट पहिरनमा देखिँदै आएकी छन् । ‘हात्तीछाप’मा पनि उनलाई दर्शकले सफ्ट देख्न सक्छन् ।
यो फिल्ममा उपासना अभिनेता दयाहाङ राईको जोडीका रुपमा देखिएकी छन् ।



