काभ्रेको पनौतीमा अटो दुर्घटना हुँदा चारजना घाइते भएका छन्।

पनौती- ९ इट्टेमा बिहीबार दिउँसो १२ बजे शंखुबाट पनौती तर्फ आउँदै गरेको ना.२ ह ३६४२ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब ८ फिट तल खस्दा चारजना घाइते भएका हुन्।

अटोमा सवार ६ मध्ये ४ जना घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

घाइते हुनेमा काभ्रेको रोशी गाउँपालिका- ३ की ७० वर्षीया रोमाकुमारी अधिकारी, पनौती- १२ की ४१ वर्षीया चन्द्रावती केसी, पनौती- १० की ३५ वर्षीया बिमला खत्री र अटो चालक पनौती- ९ का २३ वर्षीय विकास तिमल्सिना छन्। सबै घाइते खतरामुक्त छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय