बर्दिबास, माघ १४ गते । नेपाललाई सन् २०१० मै कुष्ठ रोग मुक्त मुलुक घोषण गरिए पनि मधेशमा भने यो रोग अझै प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ ।

७१ औं विश्व कुष्ठ रोगविरुद्धको दिवसको अवसर पारेर मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार यहाँका ८ वटै जिल्लामा गरी ९४५ जना यसका रोगी छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा. राजिव झाका अनुसार आव ०७९÷८० को असारसम्म मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषा जिल्ला सबैभन्दा बढी प्रभावित छ । धनुषामा १६७ जना कुष्ठ रोगी पहिचान गरिएको उहाँले बताउनु भयो । त्यस्तै, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिरहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठ रोगी रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनले प्रति १० हजार मानिसमा एक जनाभन्दा कममा यो रोग झारी निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछ्याउँदै आएको छ । तर प्रदेश स्वास्थ्य निर्देशनालयको यो तथ्याङ्कले मधेश प्रदेशमा प्रति १० हजारमा कुष्ठ रोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ५ प्रतिसत देखाएको छ ।

‘‘यो अवस्था चिन्ताजनक हो । यसको निवारणका लागि समुदायमा आधारित सघनरुपमा कार्यक्रम सञ्चालन गर्दै आएका छौ’’ प्रदेश स्वास्थ्य निर्देशक डा. झाले भन्नु भयो ।

कुष्ठ रोगबाट महोत्तरीको अवस्थामा पनि उत्तिकै चिन्ताजनत रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय महोत्तरीका क्षय कुष्ठ अधिकृत उमेश यादवका अनुसार ०८० साल असारसम्म महोत्तरीमा यसका रोगीको सङ्ख्या ८७ जना पुगेको छ । यसमध्ये सर्ने खाले ५७ जना रहेको उहाले बताउनु भयो ।

यो सङ्ख्याले महोत्तरीमा कुष्ठ रोगको प्रीभिलेन्स दर १ दशमलव ४७ प्रतिसत रहेको यादवले बताउनु भयो ।  यादवकाअनुसार महोत्तरीका १५ स्थानीय तहमध्ये बर्दिबास र गौशालाबाहेक बाकी १३ वटै पालिकामा यसको प्रकोप बढदो क्रममा छ ।

सबैभन्दा बढी एकडारा गाउपालिकामा ४ दशमलव ०९ प्रतिसत, औरहीमा ३ दशमलव १५ प्रतिसत, समसीमा २ दशमलव ०७ प्रतिसत, महोत्तरी गाउपालिकामा २ दशमलव १९ प्रतिसत, मनरा सिसवामा १ दशमलव ८१, पिपरामा १ दशमलव ६९ बलवामा १ दशमलव ६५ प्रतिसतमा कुष्ठ रोगी रहेको यादवले जनाउनु भयो ।

बर्दिबास र गौशालामा भने प्रतिदश हजार एक जनाभन्दा कम अर्थात शून्य दशमलव ७५ प्रतिसत र शून्य दशमलव ३४ प्रतिसत रहेको छ ।

प्रदेश स्वास्थ्य निर्देक डा झाले समस्या बन्दै गएको कुष्ठ रोग निवारणका लागि उपचार, निदान र प्रचारात्मकरुपमा प्रदेशभर अभियान सञ्चालन गर्दै आएको बताउनु भयो ।

कुष्ठ रोग निवारणका लागि सन १९९१ मा स्थापना भएको लालगढ कुष्ठ रोग असपतालले स्थापनाको ३३ वर्षको अवधीमा नेपाल र भारतका गरि ४१ हजार कुष्ठ रोगीको उपचार गरेको असपतालका सामुदायीक स्वास्थ्य तथा विकाश विभाग प्रमुख रमेश चौधरीले जनाउनु भयो ।

‘कुष्ठ रोग सम्बन्धी गलत धारणाको अन्त्य गरौ, मर्यादित ब्यवहार गरौ’ भन्ने मूल नारासहित लालगढ कुष्ठ रोग असपतालले विभिन्न स्वास्थ्य संस्थाको सहकार्यमा आज (आइतबार) ७१ औं कुष्ठ रोगविरुद्धको दिवस मनाइरहेको

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय