माघ ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको छ । टोलीले चार महत्त्वपूर्ण बौद्ध तीर्थस्थलको भ्रमणमा सहभागी २९ जना धर्मगुरुहरूलाई आइतबार राष्ट्रपति भवन शीतल निवासमा प्रमाणपत्र प्रदान गरिएको हो । राष्ट्रपतिले सहभागीहरुलाई धन्यवाद दिँदै सो प्रमाणपत्र प्रदान गर्नुभयो । भ्रमणमा निस्कनु अघि पनि सो टोलीलाई राष्ट्रपति पौडेलले बिदाइ गर्नुभएको थियो ।  
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय