काठमाडौं : सुन र चाँदी दुवैको मूल्य आज बुधबार भारी घटेको छ। सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले र चाँदीको मूल्‍य तोलामा १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो मंगलबार छापावाला सुन १ लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ८५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, चाँदीको मूल्‍यमा १५ रुपैयाँले गिरावट भएको छ। घटेको मूल्यअनुसार आज चाँदी प्रतितोला १४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय