नवलपुर — नेपालकै अति दुर्लभ फिरन्ते ‘वैकाल्टिल’ चरा पुर्वी नवलपरासीमा देखिएको छ । जाडो छल्नका लागि विभिन्न देशका चरा यति बेला नेपालका विभिन्न सिमसार क्षेत्रमा आउने गर्दछन् । वैकाल्टिल यहाँ देखिएको यो नै पहिलो पटक हो ।

कावासोती–१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रको नारायणी नदीमा नेपालकै अति दुर्लभ फिरन्ते वैकाल्टिल चराहरुको समुह देखिएको जलपक्षी गणनाका चितवन पश्चिम सेक्टर संयोजक डिबी चौधरीले बताए । यो चरा पोखरा तथा चितवनका सिमसार क्षेत्रमा देखिएको भएपनि नारायणी नदीमा भने पहिलो पटक देखिएको हो ।

जाडो महिनामा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा आहारा र विश्रामका लागि नवलपुरको नारायणी नदीमा आएको आँकलन गरिएको छ । मंगोलिया, बर्मा, साइबेरिया, चीन, रुस, थाइल्याण्ड, कोरिया लगायतका देशहरूबाट आगन्तुक चराहरू यतिबेला नारायणी नदी र आसपासको क्षेत्रमा आएका छन् ।

यहाँ आउने चराहरूमा हाँस प्रजातिका चरा बढी छन् । जाडो मौसममा यहाँ विभिन्न प्रजातिका चराहरू आउने भएपछि चरा गणना गर्ने गरिन्छ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय