२३ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाको नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पाटन माध्यमिक विद्यालयले हात पारेको छ ।
उक्त विद्यालयले एक लाख नगद पुरस्कार सहित रनिङ्ग शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो ।
दोस्रोस्थान हरिसिद्धि माध्यमिक विद्यालयले प्राप्त गरेको छ । उक्त विद्यालयले ७५ हजार रुपैयाँ नगद सहित रनिङ्ग शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
तृतीय हुने ओमेगा माध्यमिक विद्यालयले ५० हजार रुपैयाँ सहित कप र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरस्कृत हुने विद्यालयलाई महानगरका प्रमुख चिरीबाबु महर्जनले नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरे ।


