पुस २३ गते । गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खान र बाँके समाचारदाता गोविन्द शर्मा लगायत बाँकेका चार जना पत्रकारलाई भारतको बिहार राज्यको वैशालीमा अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मान गरिएको छ ।

सार्क जर्नलिस्ट फोरम इन्टरनेसनल र मानवअधिकार टुडे वैशालीद्वारा भारतको बिहार राज्यको वैशालीमा युद्ध, शान्ति र मानवअधिकार विषयमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँहरुलाई अन्तर्राष्ट्रिय शान्ति पुरस्कार २०२४ बाट सम्मानित गरिएको हो ।

सो अन्तर्राष्ट्रिय सम्मेलनका प्रमुख अतिथि मौरिशसका पूर्व उपप्रधानमन्त्री हरेश बुधुकि धर्म पत्नी वरिष्ठ संस्कृतविद सरिता बुधु र बिहार हिन्दी साहित्य संस्था पटनाका अध्यक्ष अनिल सुलभ लगायतले पुरस्कार र सम्मान पत्र प्रदान गरेर सम्मानित गर्नुभयो ।

कार्यक्रममा सार्क जर्नलिस्ट फोरम इन्टरनेशनलका अध्यक्ष राजु लामा, बंगलादेशबाट आउनु भएका सार्क जर्नलिस्ट फोरमका महासचिव अब्दुर रहमान, दुरदर्सन बिहारका वरिष्ठ पत्रकार राज कुमार नाहर, भारतका वरिष्ठ क्यान्सर रोग विषेशज्ञ पदमश्री डा. जितेन्द्र कुमार सिंह, पदमश्री डा. शान्ति राय, पदमश्री राजकुमारी देवी, मानवअधिकार टुडेका सम्पादक शसिभुषण झा, सार्क जर्नलिस्ट फोरम भारत च्याप्टरका अध्यक्ष अनिरुद्द सुधान्सु लगायतले युद्ध शान्ति र मानवअधिकारका बारेमा आआफ्ना धारणा राख्नु भएको थियोे ।

उहाँहरूले विश्वमा शान्ति स्थापना र मानवअधिकारको रक्षाका लागि दक्षिण एशियाली देशका पत्रकार र मानवअधिकारकर्मीले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

दुई दिनसम्म चलेको सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश र मौरिशसका दुई सय बढी पत्रकार र मानवअधिकारकर्मीहरुको सहभागीता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय