संभव नेपालले गोरखाका ६ वटा स्थानीय तहलाई उपलब्ध गराएको ‘ख’ बर्गको एम्बुलेन्स स्थानीय तहका प्रमुख, उपप्रमुखहरुलाई आज हस्तान्तरण गर्नुहुँदै गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यू ।
हस्तान्तरण गर्दै उहाँले एम्बुलेन्सको सही सदुपयोग गर्न र व्यवस्थित रुपमा संचालन गर्न स्थानीय तहहरुलाई अनुरोध गर्नुभयो । संभव नेपालका संस्थापक अध्यक्ष समाजसेवी, नेपाली कांग्रेसका महासमिति सदस्य प्रेम खत्रीलाई धन्यवाद दिँदै मुख्यमन्त्री ज्यूले उहाँले यसअघिदेखि गोरखामा गर्दै आउनुभएको सामाजिक कामको प्रशंसा गर्नुभयो ।
अजिरकोटको भच्चेक आधारभुत अस्पताल, बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृती आधारभुत अस्पताल, सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दुर्बङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
एम्बुलेन्स सँगै भ्याक्सीन रेफ्रिजियटर (आईएलआर) वेड सेट, हिटर, डेलिभरी वेड, स्टेचर, स्पाईनल बोर्ड, ह्वील चियर लगायतका सामग्री पनि बितरण गरिएको छ ।
एम्बुलेन्स र स्वास्थ्य सामग्री सहित २ करोड ३६ लाख रुपैयाँ बजेट खर्च भएको संभव नेपालले जनाएको छ । उक्त संस्थाका अध्यक्ष खत्रीले यस अघि पनि गोरखाको ६ वटा स्थानीय तहहरु, गण्डकी गाउँपालिक १, भिमसेन थापा १, गोरखा नगरपालिका २, धार्चे गाउँपालिका १, शहिदलखन १ थान एम्बुलेन्स बितरण गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय