स्वास्थ्य मन्त्रालयले छिमेकी मुलुक भारतलगायत विश्वमा फैलिरहेको कोभिडको नयाँ सब(भेरिएन्ट ‘जेएन।१’ लाई ध्यानमा राख्दै भीडभाड हुने स्थानमा मास्क लगाएर मात्रै जान अनुरोध गरेको छ।

मास्क प्रयोग, भौतिक दूरी कायम, सरसफाइलगायत जनस्वास्थ्यका मापदण्ड अपनाउन मन्त्रालयले सबैसँग अनुरोध गरेको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड नियन्त्रणका लागि व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको समेत जनाएको छ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सकेसम्म भीडभाड भएका ठाउँमा नजान र जानैपरे जनस्वास्थ्यको मापदण्ड अपनाउन अनुरोध गरेको हो।

‘हाल विश्वको केही मुलुक र छिमेकी देशमा कोभिडको नयाँ सब(भेरिएन्ट ‘जेएन।१’, को जोखिम बढिरहेकाले भीडभाड भएको ठाउँमा जनस्वास्थ्यको मापदण्ड अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौँ’, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब(भेरिएन्ट ‘जेएन।१’ अहिलेसम्म नेपालमा भने पुष्टि नभएको दाबी गरेको छ।

‘जेएन।१’ सब(भेरिएन्टको बढ्दो संक्रमणलाई विचार गरी मुलुकको प्रवेश विन्दुका सबै हेल्थ डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने संस्थालगायत सबै सरोकारवालामार्फत आवश्यक स्क्रिनिङ र निगरानी भइरहेको मन्त्रालयले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय