सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन तहका सरकार एक अर्कोको परिपुरक भएको बताएका छन् । कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा आयोजत कार्यक्रममा प्रधानमन्त्री दाहालले विश्वका उत्कृष्ट संविधान जस्तै नेपालको संविधान पनि उत्कृष्ट रहेको बताए ।

कार्यक्रममा उनले प्रदेश सरकार जिम्मेवार भई काम गर्न आग्रह गरेका छन । कर्णालीको समस्य नजिकबाट नियालेको कुरा बताउँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीले उठाएका सबै मुद्दामा सहमत भएको समेत बताए । कर्णाली एक सभ्यता भएको उनले बताए । कर्णाली सधैँ आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कर्णालीको सबै खालका सडक निर्माण गर्न पहल जारी राखेको बताएका उनले चीन भ्रमणको समयमा केही सडकको बारेमा कुरा हुने बताए । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित ऊर्जामन्त्री शक्ति बस्नेत, मुख्यमन्त्री राजकुमार शर्मालगायतका मन्त्रीहरुको सहभागिता रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय