धार्चे गाउँपालिकाको केन्द्र माछीखोलामा संचालित निशुल्क आखा उपचार शिविरमा ६० जनाको मोतियाविन्दुको शल्यक्रिया भएको छ ।
गोरखा लायन्स आँखा सेवा केन्द्र र हिमालयन आँखा अस्पताल पोखराको प्रविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ६० जना आँखाका बिरामीहरुको शल्यक्रिया गरिएको हो ।
गाउँपालिकाले शनिबार र आइतबार दुई दिने शिविर संचालन गरेको थियो ।
शिविरमा २६ जना महिला र ३४ जना पुरुषको मोतियाविन्दुको निशुल्क शल्यक्रिया गरिएको स्वास्थ्य शाखाका केशवराज गुरुङले बताए । गुरुङका अनुसार उनीहरुमध्ये तीन जनाको केही बर्षअघि नै आँखाको दृष्टि गुमिसकेको थियो । दरौँदी दैनिक पत्रिकाबाट


