काठमाडौं।
तारकेश्वर नगरपालिकाले नगरक्षेत्र भित्र सार्वजनिक यातायातलाई व्यवस्थापन गर्ने निर्णय गरेको छ। नगरप्रमुख कृष्ण हरि महर्जनको संयोजकत्वमा आइताबार बसेको बैठकले यातायातको क्षेत्रलाई व्यवस्थित गराउने विषयमा छलफल भएको हो।

May be an image of 12 people and television

शनिबार तिनपिप्ले बाट रत्नपार्क तर्फ आउंदै गरेको बा. ४ ख. ७४७० नम्बर को बस ओभर स्पिडका कारण वडा नं. ६ अन्तर्गत चिसापानी क्षेत्रमा  अनियन्त्रित भई बिधुततिय पोलमा ठोकिएर दुर्घटना भएको थियो। उक्त दुर्घटना भए लगत्तै नगरप्रमुख महर्जनले चासो राख्दै यस्ता मानविय हेल्चेक्र्याईले हुने दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला निकायका व्यक्तित्वहरुको उपस्थितिमा छलफल गरी महत्वपूर्ण निर्णय गरेका छन् :
१. रुट पर्मिटलाई अनिवार्य गर्ने, रुट पर्मिट नलिएका गाडीहरु चलाउन नदिने ।
२. आवश्यकता अनुसार ट्राफिक फर्निचरको व्यवस्था मिलाउने ।
३. चालक र सहचालकले अनिवार्य रुपमा परिचयपत्र र रिफ्लेक्टर ज्याकेट लगाउने । ज्याकेटमा चालक र सहचालक लेखिएको हुनुपर्ने ।
४. भाडाको दर रेटको लिस्ट  अनिवार्य रुपमा सवारी साधनहरुमा सबैले देखिने गरि राख्नुपर्ने ।
५. सार्वजनिक सवारी साधनहरुले यात्रुहरुलाई तोकिएको स्टेशनहरुमा चढाउने र ओराल्ने गर्ने, लामो समय रोकिराख्न नपाइने।

घटना भएको बस को अबस्था

तारकेश्वरमा भएका दुर्घटनाहरुलाई ख्यालमा राख्दै जितपुरफेदी बाट धर्मस्थली बजार हुँदै नर्थ भ्याली स्कुल निस्किएर रत्नपार्क आउनुपर्ने हुन्छ भने रत्नपार्क बाट फर्किंदा सानो बाइपास हुँदै नर्थ भ्याली स्कुल भएर सार्वजनिक यातायात फेदी पुग्नेछ। गन्तव्य स्थलमा छिटो पुग्न तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न नगरप्रमुख महर्जनले निर्देशन दिएका छन्। उनले भने,’मादक पदार्थ र लागू पदार्थ प्रयोग गरी सवारी चलाउदा दुर्घटनाको सम्भावना हुने भएकोले नियमित र आकस्मिक रुपमा ट्राफिक प्रहरीबाट चेकजाँच गर्ने व्यवस्था मिलाउँछौ। यातायात क्षेत्रमा सुधारका लागि यातायातका साधनहरू प्रयोग गर्ने व्यक्ति वा यात्रुको पनि महत्वपूर्ण भूमिका हुने भएकाले कानुन पालना गरी सवारी दर्ता, नवीकरण लगायतका प्रशासनिक काम लिने, परीक्षा उत्तीर्ण गरेर मात्र लाइसेन्स लिने, समयमै नवीकरण गर्ने, सवारी सम्बन्धी कागजात सुरक्षित रूपमा राखेर सभ्य समाज निर्माणको लागि सहयोग गर्न आग्रह गर्दछु।’ यसबाहेक सवारी साधनमा चढ्ने र ओर्लने कार्य सवारी रोक्नका लागि तोकिएको स्थानमा मात्र गर्ने, सवारी साधानबाट जथाभावी फोहोर सडकमा नफाल्ने, कमजोर शारीरिक अवस्था भएका व्यक्तिलाई सिटमा बस्न प्राथमिकता दिनेजस्तो संस्कारलाई अगाडी बढाएर लैजानुपर्ने नगरप्रमुख महर्जनको भनाई रहेको छ। महर्जनले  शिक्षा, स्वास्थ्य, खानेपानी संगै यातायात ब्यबस्थापनमा  पनि प्रणाली बसाउदै ब्यापक सुधार गर्न लागेका छन्।उक्त नगर क्षेत्रभित्रका जीतपुर, काभ्रेथली, चिसापानी, पैयुटार, मनमैजु , फुटुग, गोलढुंगा लगायतका रुटमा व्यवस्थित बनाउँदै विविध किसिमका दुर्घटना न्यूनीकरण गर्दै सार्वजनिक यातायातलाई सहज बनाउने महर्जनले बताए। सार्वजनिक यातायात व्यवस्थित नहुँदा तारकेश्वरबासीले सास्ती भोग्दै आएका छन्। बढ्दो यात्रुको तुलनामा सार्वजनिक यातायात कम हुँदा कोचिएर घर–अफिस गर्न पनि सडकमा घण्टौं कुर्नुपर्ने बाध्यतामा अब भने धेरै हदसम्म सहजता हुने अनुमान गरिएको छ। सडक पूर्वाधारअन्तर्गत सडक वा मोटरबाटोका अलावा पैदलयात्री हिँड्ने सडकपेटी, साइकलका लागि छुट्टै लेन, ढल , नालीको व्यवस्था, सुरक्षित र व्यवस्थित आवतजावतका लागि आवश्यकता अनुसार बसपार्क, पार्किङस्थल, आकाशे पुल लगायतका विकल्पहरुमा नगरप्रमुख महर्जन छलफलमा रहेका छन् ।

May be an image of 14 people and people studying

May be an image of 11 people

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय