बारा ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य प्रचण्ड पौडेलले बारा २ मा उपेन्द्र यादवले चुनाव जितिसकेको र घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन् । बारा जिल्लाको चुनावी अवस्थाबारे जानकारी गराउँदैै पार्टी कार्यालयको भेटमा उनले यस्तो बताएका हुन् ।

बारा जिल्लामा जसपा आफैमा पहिलो शक्ति हो । त्यसपछिको बलियो शक्ति नेपाली काङ्ग्रेस हो उसले अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गरेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एस र लोकतान्त्रिक समाजवादी पार्टी लगायतका गठबन्धन दलहरुले समेत यादवलाई समर्थन गरेका छन् । स्वतन्त्र सांसदले समेत उपेन्द्रलाई सहयोग र समर्थन गर्ने निर्णय गरेका छन् । जसपाका उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रको माहोल एकदमै राम्रो छ, उनले भने ।

यस अघि बारा २ मा जसपाले नै जितेको क्षेत्र हो । उक्त निर्वाचन क्षेत्रको प्रदेश सभातर्फपनि जसपाकै सांसदले जितेका छन् । मेरो राजनीतिक अनुभव र बारा जिल्ला निवासी हुनुको नाताले यो कुरा म ठोकुवा साथ भन्न सक्छु, उपेन्द्र यादवले चुनाव जितिसक्नु भो, घोषणा गर्न मात्र बाँकी छ, पौडेलले भने ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय