काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षका लागि चार जनाले उम्मेदवारी दिएका छन्।

अध्यक्ष चन्द्रप्रसाद ढकालको तर्फबाट निरक केसी, वरिष्ठ उपाध्यक्षमा निर्वाचित अन्जन श्रेष्ठबाट प्रवल जंग पाण्डे र  गोपाल खनालले उम्मेदवारी दिएका छन्।

यस्तै, महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका तथा वरिष्ठ उपाध्यक्षमा पराजित रामचन्द्र संघईको तर्फबाट सन्दिप गाडिया अग्रवालले उम्मेदवारी दिएका छन्।

नवनिर्वाचित कार्यसमितिको शपथ आजै हुँदैछ। शपथ सकिएपछि कोषाध्यक्षको चुनाव आजै गर्ने तयारी महासंघको छ। तर, उम्मेदवारहरुबीच सहमतिको प्रयास समेत भइरहेको बताइएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय